अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन १२, शनिबार १२:३५
fi;e-photo

काठमाडौँ, १२ फागुन । भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।

बेष्ट बालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले विद्यालय तहदेखि युवालाईनै खेलकुदमा संलग्न गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ज्ञान मन्दिर बालाजु र मनास्लु विद्यालय नयाँ बजारबीच उद्घाटन खेल भएको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको खेलमा ज्ञान मन्दिरले सोझो सेटमा जीत हासिल गरेको क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिनुभयो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*