लागुऔषध गाँजा सहित दुई जना प्रकाउ
कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीको टोलीले धनकुटा खाल्छा–छिन्ताङ गाउँपालिका– २ बस्ने १९ वर्षीय प्रवीण विक र २४ वर्षीय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । रासस
