भिमफेदीको महिला जागृति सहकारी आफ्नै भवनमा

तु खबर संवाददाता
२०७४ फाल्गुन ११, शुक्रबार १८:३३

भिमफेदी, ११ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा संचालित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाले यसै महिनादेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

वि.सं. २०५५ सालमा स्थापना भएको यो सहकारी साविक गाविसले प्रदान गरेको भवनमा संचालन भइरहको थियो । हाल जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीको सकृयतामा संस्थापन गरिएको सहकारीले २०६९ सालमा नेपाल बचत तथा ऋण सहकारी संस्था केन्द्रको तर्फबाट उत्कृष्ट महिला सहकारीको सम्मान समेत पाएको थियो ।

जिल्ला बिकास समितिको रु. ४ लाख, सांसद विकास कोषको रु. १० लाख र साविक गाविस कोषको रु. ७० हजार, सदस्य श्रमदानबाट ८१ हजार र संस्थाको ५८ लाख ४९ हजार गरि जम्मा ८१ लाखमा नयाँ भवन बनेको स्थानीय सरेन्द्रराज थिकेले जानकारी दिएका छन् ।

नयाँ भवनमा एक सभा हल,एक ब्यबस्थापक कार्यालय कक्ष, भान्छाघर,पुस्तकालय कक्ष, रेमिन्टानस कक्ष तथा दैनिक कारोबार कक्ष रहेको थिकेले बताए । साथै सिसि टिभीको पनि व्यवस्था छ । महिलाले मात्र सञ्चालन गरेको यस सहकारीमा लेखा अपग्रेडिङ सफ्टवेयरको प्रयोग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*