ट्रेलरबाटै चर्चा कमाएका दुई नेपाली चलचित्र आजदेखि प्रदर्शन

तु खबर संवाददाता
२०७४ फाल्गुन ११, शुक्रबार १४:२८

मकवानपुर, ११ फागुन । ट्रेलरबाटै चर्चा कमाएको दुई नेपाली कथानक चलचित्र आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्र पञ्चेबाजा र साढे ७ रिलिज भएको हो ।

चलचित्र पञ्चेबाजामा ‘घिन घिन मादल’ बोलको गीतका कारण पनि चर्चामा छ । यो चलचित्रले एक गाउँका तीन पात्रको कथा समेटेको छ । अभिनेत्री जस्मिन श्रेष्ठका लागि अभिनेताद्वय सौगात मल्ल र कर्मा शाक्यको द्वन्द्व चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रलाई घनश्याम लामिछानेले निर्देशिन गरेका हुन् भने राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।

यस्तै, २०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको चलचित्र ‘साढे ७’ मा गायक सत्यराज आचार्य लिड रोलमा छन् । चलचित्रको ट्रेलर तथा नायिका मेनुका प्रधानको गहकिलो संवादले चलचित्र चर्चामा छ ।

सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टुडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयुक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । चलचित्रका निर्देशक साम्तेन भुटिया हुन् । चलचित्रमा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*