३ नम्बर प्रदेशको संसद नियमावली मस्यौदा समिति संयोजकमा राजेन्द्र पाण्डे सर्वसम्मत

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १८:०५

मकवानपुर, १० फागुन । प्रदेश नंबर ३ को संसद नियमावली मस्यौदा समितिको संयोजकमा एमाले सांसद राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । गत माघ २८ गते बसेको संसद बैठकमा ११ सदस्यीय मस्यौदा बनाउन गठित समितिका सदस्य मध्येका एक पाण्डेलाई आज बसेको समितिको बैठकले संयोजक तोकेको हो ।

आज चयन भएका संयोजक पाण्डेले संसद बैठकमा मस्यौदा पेश गर्नेछन् । मस्यौदा संसदमा पेश गरेपछि सांसदले आफ्नो धारणा राख्ने र परिमार्जन गर्नुपर्ने भए परिमार्जनपछि सहमतिमा नियमावली पारित हुने संयोजक पाण्डेले जानकारी दिएका छन् ।

प्रदेशसभा नियमावली २०७४ को मस्यौदा बनाउन ११ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा पाण्डेसहित दिपक निरौला, सरस्वती बस्नेत, बुद्धिमान माझी, कञ्चन खनाल, छिरीङ दोर्जे लामा, राधा घले, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रिना गुरुङ र रिता माझी रहेका छन् ।

समितिले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा यतिखेर संसद नियमावली तयार पारिसकेको छ । भने त्यसका बुँदाहरुका बारेमा छलफल सुरु गरेको छ । ५ वर्ष सम्म प्रदेश नम्बर ३ को संसद संचालनका लागि कार्यविधि मस्यौदा तयार पारिएको हो । संसद कार्यविधि नियमावली बनाउनका लागि मस्यौदा तयार पारिएको छ । प्रदेश संसदले पहिलो अधिवेशन सुरु गरेपनि हालसम्म नियमावली बनेको थिएन । हालसम्म अन्तरिम कार्यविधि अनुसार संसद संचालन भइरहेको छ ।

पाण्डेका अनुसार संसद संचालन गर्ने विधि, नियमापति जनाउने प्रक्रिया, सभामुखले बैठक संचालन गर्ने प्रक्रिया, प्रश्न सोध्ने तरिका, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विधि र कस्ता विधेयक,नियमावली पेश गर्ने, सांसदले मन्तव्य राख्ने तरिका र संसल संचालनका विधि पक्ष समेटेर मस्यौदा तयार पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*