मकवानपुरका दुई व्यक्ति धादिङमा पक्राउ
धादिङ, १० फागुन । मकवानपुरको कैलाश गाउँपालिकाका २ जना व्यक्ति धादिङ जिल्लामा पक्राउ परेका छन् ।
मकवानपुर कैलाश गाँउपालिका–१ बस्ने ५५ बर्षीय लालबहादुर स्याङबो र सोही स्थान बस्ने ५६ बर्षीय कुलबहादुर स्याङबोलाई १० के.जि लागू औषध गाँजा सहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।
गजुरी गाँउपालिका–२ मलेखुबजारमा प्रहरी टोलीले शंका लागी जाँच गर्दा उनीहरुले चाउचाउको कार्टुनमा बोकी ल्याएको उक्त परिमाणको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
