उरुग्वेसँग बराबरी खेल्दै केप भर्डे

तु खबर संवाददाता
२०८३ असार ८, सोमबार ०८:२६

केप भर्डेले जारी फिफा विश्वकप २०२६ मा यस अघि दुई पटक विश्वविजेता रहेको उरुग्वेलाई बराबरीमा रोकेको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको हो । यस अघि स्पेनसँग पनि बराबरीमा खेलेको यो टिमले अहिले विश्वकपमा निकै चर्चा पनि कमाइरहेको छ ।

आफूहरुले लिएको अग्रता दुबै टोलीले जोगाउन सकेनन् । उरुग्वेविरुद्ध सुरुवातमै अग्रता लिएको भएपनि त्यसलाई केप भर्डेले कायम राख्न सकेन ।

केभिन पिनाले फ्रिकिकमार्फत खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेका म्याक्सी अराजोले ४४औं मिनेटमा बराबरी गोल फर्काए पनि त्यसलाई पनि उरुग्वेले कायम राख्न सकेन। पहिलो हाफमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रता दिएकाभमा अग्रतामा पुर्‍याएका थिए । ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा खेल बाराबरीमा सकिएको हो ।

यो समूहमा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ भने साउदी अरेबियाले एक अंक जोडेको छ ।