एकैदिन दुई हजार चालक कारवाहीमा, साढे १० लाख जरिवाना असुल

तु खबर संवाददाता
२०८३ असार १, सोमबार १०:४२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असार १ गते बिहान ९ बजेसम्म (चौबीस घण्टाको अवधिमा) २०२५ चालक कारवाहीमा परेका छन् भने १० लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको छ।

मापसेमा १०० जना, राइड शेयरिङमा १०७ जना, रेड लाइटमा १३६ जना, तीव्र गतिमा १६५ जना, लेनमा ५८ जना, सडक फुटपाथमा १०५ जना, नो हर्नमा १०९ जना, वन वेमा ११७ जना र अन्य ट्राफिक नियम उल्लंघनको कसूरमा ११२८ जना सवारी चालकमाथि कारवाही भएको छ।