हेटौँडा सिमेन्टको लफडा उत्कर्षमा, यसकारण खुलेन मजुवा खानी

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १४:५७

-बलराम पुडासैनी
मकवानपुर, १० फागुन ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीबाट कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् गर्ने काम हालसम्म पनि संचालनमा आउन सकेको छैन । जसका कारण कानुन अनुसार हेटौंडा सिमेन्ट उद्योगबाट अनुमति पाएको ठेकेदार कम्पनी दैनिक ३ लाख सम्म घाटा व्यहोर्न बाध्य भएको छ ।

२०७४ साल कार्तिक ६ गते कच्चा पदार्थ उत्खननको लागि हेटौंडा सिमेन्ट उद्योगबाट अनुमति लिएको बानियाँ÷ओम साई जेभीले काम गर्न नपाउँदा दैनिक ३ लाख घाटा व्यहोर्दै आएको छ । साथै खानी संचालनको वातावरण हेटौंडा सिमेन्ट उद्योगले निर्माण गर्न नसक्दा खानी क्षेत्रमा महिनौंदेखि उत्खननका औजारहरु समेत अलपत्र अवस्थामा रहेका छन् ।

अलपत्र परेको ठेकेदार कम्पनीकाका मेसिनहरु

‘सिमेन्ट उद्योग, गाउँपालिका र ठेकेदार कम्पनीको जुहारी’
हेटौंडा सिमेन्ट उद्योगकै कारण मजुवा खानी संचालनमा अवरोध आएको गुनासो ठेकेदार कम्पनीको छ । हेटौंडा सिमेन्टले प्राईभेट उद्योगसंग पैसा लिएर सरकारी उद्योगलाई धरासायी पार्ने रणनीति सिमेन्ट उद्योगले लिएको कारण खानी संचालनमा आउन नसकेको समेत ठेकेदार कम्पनीको गुनासो छ ।
कानुन अनुसार अनुमती दिएपछि खानी संचालनको वातावरण हेटौंडा सिमेन्टले तय गरिदिनुपर्ने हो तर सिमेन्ट उद्योग मजुवा खानी संचालनको लागि संवेदनशिल भएर लागेको छैन ।

खानी संचालनमा मकवानपुरका स्थानीयहरुले अवरोध गरेका हुन भन्दै ब्याकमा बसेर गाँउपालिकाका अध्यक्ष विदुर हमागाईले नै खानी संचालनमा अवरोध गरेको समेत ठेकेदार कम्पनीको आरोप छ । यस बिषयमा मकवानपुरको प्रशासन , साथै जिल्ला समन्वय समितिको बैठकमा समेत हुमाँगाई उपस्थित हुदैनन् ।

तु खबरले उनलाई यस बिषयमा जिज्ञासा राख्दा आफु सधैं सो बैठकमाउपस्थित हुने गरेको तर कुनै कुनै बैठकमा भने आफ्नो अन्य काम परेका कारण उपस्थित हुन नसकेको जानकारी दिए । केही समय अगाडि तु खबरसँग प्रतिक्रिया दिँदै उनले आफु ब्याकमा बसेर खानी बन्द नगराएको पनि बताएका थिए ।

खानी क्षेत्रको स्थानीयहरुले मेशेनरी ड्यामको माग गरेका थिए जसको निर्माणको लागि शर्भे गर्न सर्वेटोलि गाँउमा पुग्दा समेत अवरोध गरिएको थियो । यस बिषयमा तु खबरले प्रश्न सोधेपछि अध्यक्ष हुमागाँई भन्छन् ‘मेशेनरी ड्याम लगाउनको लागि वडाअध्यक्षहरुसंग समन्वय गर्नुपर्ने हो तै पनि आफुलाई ड्यामको शर्वे गर्न आएको कुरा जानकारी समेत नभएको उनको भनाई छ । गाउँका स्थानीयहरुलाई समस्या पर्ने भएकै कारण खानी रोकिएको हो’ उनले भने । ‘हाम्रा ११ बुँदे मागहरु छन् । त्यसको समाधानको लागि सिमेन्ट उद्योग संवेदनशिल छैन । माग पुरा नभई खानी संचालनमा आउन हामस् दिँदैनौँ तर हाम्रो उदेश्य उद्योग बन्द गराउने र राज्यलाई असर पार्ने भने हैन ।’

स्थानिय प्रशासनसंगको पटक पटकको छलफलले केहि निकर्ष निकाल्न नसक्दा खानी संचालनमा आउन सकेको छैन । जसका कारण हेटौंडा सिमेन्ट उद्योग समेत हेटौँडा कपडा उद्योग जस्तै अलपत्र नपर्ला भन्न सकिन्न । गाँउपालिका अध्यक्ष पन्छिन खोज्नु , हेटौंडा सिमेन्ट उद्योग संवेदनशिल नहुनु जस्ता कारणले ठेकेदार कम्पनी भने झनै मर्कामा परेको ठेकेदार कम्पनीको गुनासो छ ।

अलपत्र परेको ठेकेदार कम्पनीकाका मेसिनहरु

यस विषयमा तु खबरले हेटौंडा सिमेन्ट उद्योगका जि.एम. प्रेमशंकर सिँहलाई  जिज्ञासा राख्दा आफुहरुले सक्दो खानी संचालनमा ल्याउन पहल गरीरहेको बताए । तर गाँउपालिकाले नकारात्मक सन्देश स्थानीयमा पैदा गरेको कारण जुनसुकै अवस्थामा पनि खानी संचालनमा ल्याउन नदिने अडानमा स्थानीय रहेको उनको भनाई छ । स्थानीयको माग पुरा गर्ने तयारी गर्दा समेत गाउँपालिकाका अध्यक्षको व्यक्तिगत स्वार्थका कारण अध्यक्षकै पहलमा खानी संचालनमा ल्याउन नदिइएको उनले आरोप लगाए ।

गाउँपालिकाले हेटौँडा सिमेन्ट उद्योग संवेदनशिल नभएको भन्दै खानी संचालनमा स्थानीयले अवरोध गरेको बताउँदै आएको छ भने सिमेन्ट उद्योगले आफुहरु स्थानीयको माग पुरा गर्न तयार रहेको तर गाउँपालिकाको अध्यक्षको स्वार्थको कारण रोकिएको आरोप लगाउने गरिरहेका छन् । दुवैले एक अर्कामा आरोप प्रत्यारोप लगाउने तर खानीको बिषयमा संवेदनशिल भने नभएको कारण खानी संचालन हुन नसकेर अलपत्र परेको छ र त्यसको असर ठेकेदार कम्पनी, सिमेन्ट उद्योग र राज्यलाई समेत परेको छ ।

खानी संचालनमा ल्याउनको लागि संम्बन्धीत निकाय स्थानीय प्रशासन र जिल्ला समन्वय समितिले चासो देखाउनु आवश्यक रहेको जानकारहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*