नगरपालिकाद्धारा गर्यो कृषकलाई कृषि सामग्री वितरण

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १३:५६

पाँचथर, १० फागुन । फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिका कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिनुभयो ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई अनुदान र सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । मिनीटिलरसँगै ६५ कृषकलाई ७० वटा प्लास्टिक टनेल, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २३५ वटा, मकैको बीउ चार टन तथा च्याउको बीउ दुई हजार पोका वितरण गरिएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*