मतको आधारमा राजनीतिक दललाई अनुदान दिने तयारी

तु खबर संवाददाता
२०८३ जेष्ठ १५, शुक्रबार १७:१०

काठमाडौं । सरकारले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई अनुदान दिने तयारी गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले पछिल्लो निर्वाचनमा दलहरूले प्राप्त गरेको मतको आधारमा अनुदान उपलब्ध गराउने विषयमा व्यापक छलफल गरिने जानकारी दिए । सरकारले राष्ट्रिय मान्यता प्राप्त दललाई मतको आधारमा अनुदान दिने व्यवस्था अघि बढाउने तयारी गरेको जनाएको छ ।

त्यस्तै, दललाई उपलब्ध गराइने अनुदानको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।