कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १३:०९
file-photo

इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताउनुभयो ।

देशका ठूला १२ वटा शहरमा सञ्चालन हुने सो प्रतियोगिताअन्तर्गत प्रदेश नं को इटहरीमा उक्त क्षेत्रका कस्तुरी कोशी सेन्टजेम्स, सुषमा विश्व आदर्श, जनता कलेजलगायत १० वटा कलेजको सहभागिता रहने छ । उक्त प्रतियोगिताका लागि रु दुई लाख ५० हजार खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो ।

काठमाडौँमा हुने सो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई बंगलादेश वा श्रीलंकाको भ्रमण गराई अभ्यास खेलको अवसरसमेत उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*