बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार ०९:३३
file-photo

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ ।

सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*