बिदाका दिन पक्राउ परेका व्यक्तिलाई पनि २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको परिपत्र

तु खबर संवाददाता
२०८२ चैत्र २७, शुक्रबार २१:४२

सर्वोच्च अदालतले बिदाका दिनमा समेत पक्राउ परेका व्यक्तिलाई संविधानले तोकेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष अनिवार्य रूपमा उपस्थित गराउन मातहतका अदालतहरूलाई परिपत्र जारी गरेको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि अदालतले यस्तो आदेश जारी गरेको हो । अनुसन्धान अधिकृतले पक्राउ परेकालाई २४ घण्टाभित्र मुद्धा हेर्ने अधिकारीसमक्ष पेश गर्नु पर्ने व्यवस्था छ, सोही व्यवस्थालाई कार्यान्वयन गर्न सर्वोच्चले यस्तो परिपत्र गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयअनुसार परिपत्र उच्च अदालत, इजलास, अस्थायी इजलास, प्रशासकीय अदालत, न्यायाधिकरण, विशेष अदालत, श्रम अदालत, फैसला कार्यान्वयन निर्देशनालय, जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालत लगायत सम्पूर्ण न्यायिक निकायहरूलाई पठाइएको छ ।