प्राविधिक शिक्षालय निर्माणका लागि मुख्यमन्त्री पौेडेल अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १९:२७

मकवानपुर, ९ फागुन । प्रदेश नम्बर ३ मा प्राविधिक शिक्षालय स्थापनाका लागि मुख्यमन्त्री डोरमणि पौडेलले अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदुत पिटर वडबीच आज भएको भेटवार्तामा पौडेलले सहकार्यका लागि तयार रहेको बताएका हुन् ।

नेपाल पहिलो पटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्र्तगतको टेक्निकल विषयको शिक्षालय स्थापनाका लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफुहरु तयार रहेको बताएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडामा भएको भेटवार्तामा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर तीनबिच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई हालसम्म गरेको सहयोगको प्रशंसा समेत गरेका थिए ।

भेटमा अष्ट्रेलियन राजदुत वडले आफुहरु नेपाल सरकार र प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य सहितका अन्य विषयमा सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई दिएका छन् । भेटमा प्रदेश नम्बर ३ का मुख्यसचिव रेष्मीराज पाण्डेसहितको टोली सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*