रोमाञ्चक जीत हासिल गर्दै नेपाल आर्मी हेटौँडा गोल्डकपको फाईनलमा, मनाङ मर्स्याङ्दी बाहिरियो

तु खबर संवाददाता
२०७४ फाल्गुन ९,बुधबार १९:०८
File Photo

मकवानपुर, ९ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै नेपाल आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा खेलको अन्तिम ९० औँ मिनेटमा एक गोल गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि रोमाञ्चक जीत दिलाउने खेलाडी जर्ज प्रिन्स बनेका छन् । उनले खेलको ९० औँ मिनेटमा गोल गरेर आर्मीलाई फाईनलमा पुराएका हुन् । जीत सँगै आर्मीले प्रतियोगिताको फाईनलमा ह्याट्रिक पुरा गरेको छ । प्रतियोगिताको पहिलो संसकरणमा उपविजेता भएको आर्मीले दोश्रो संकरणको विजेता पनि हो । खेल हारेसँगै मनाङ मस्र्याङ्दी भने खेलबाट बाहिरिएको छ ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ द म्याच भएका छन् । प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस र संकटा क्लब भिड्नेछन् ।

मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले प्रतियोगितामा भाग लिएका छन् । फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ५ लाख र दोस्रो हुने टोलीलाई रु ३ लाख नगद पुरस्कार दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*