शेयर बजारमा हरियाली,स्थिर सरकारको अपेक्षाले सकारात्मक प्रभाव
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि सामान्य सुधार देखिएको छ। बजार लगातार चौथो दिन हरियालीमा बन्द हुँदा लगानीकर्तामा उत्साह बढेको छ।
आजको कारोबारमा कुमारी विकास बैंक को सर्वाधिक कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला जलविद्युत्, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर, सानिमा माई हाइड्रोपावर र हिमालयन पावर पार्टनर को पनि उच्च कारोबार भएको छ।
नेप्से परिसूचक आज ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिकको समर्थन प्राप्त गरेसँगै राजनीतिक स्थिरताको अपेक्षा बढेको छ। यसले पुँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।
त्यस्तै नेपाल राष्ट्र बैंक ले लागू गरेको लचिलो मौद्रिक नीति र न्यून ब्याजदरले पनि शेयर बजारमा लगानी अनुकूल वातावरण सिर्जना गरेको छ। साथै धितोपत्र बोर्ड नेपाल (सेबोन) ले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन चालिएका कदमका कारण लगानीकर्ताको विश्वास बढेको देखिएको छ।
आज ७ वटा उपसूचक हरियालीमा रहेका छन्। फाइनान्स समूह ०.२० प्रतिशत, हाइड्रोपावर समूह ०.९६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.७२ प्रतिशतले बढेका छन्। लगातार सुधारसँगै आगामी दिनमा बजार अझै सकारात्मक रहने अपेक्षा गरिएको छ।
