पत्रकार पाण्डेको स्वास्थ्य स्थितिबारे जानकारी

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १६:२५

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाइते हुनुभएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएकोछ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते भई पोखराको नयाँ बजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनुभएका पत्रकार पाण्डेको स्वास्थ्य अवस्था र उपचारकाबारे उहाँले जानकारी लिनुभएको हो ।

पोखरास्थित रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको बम विस्फोटन हुँदा दाँहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । उनको स्थिति अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

उक्त घटनामा घाइते भई सोही अस्पतालमा उपचाररत अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्रीको स्वास्थ्य अवस्थाबारे पनि मन्त्री बस्नेतले जानकारी लिनुभएको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्य राजिव पहारीले पनि घाइतेद्वय पाण्डे र खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*