निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ फाल्गुन १९, मंगलवार ११:३२

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।