जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १५:२०

बाजुरा, ९ फागुन । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताउनुभयो ।

पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताउनुभयो । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ ।

सभाले चालू आर्थिक वर्ष २०७४/७५ र आगामी आव २०७५/७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

उहाँले सम्मेलनमा गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैंकलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ वटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिलाई आत्मनिर्भर र समृद्धि बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

यसैगरी दोस्रो गाउँसभाबाट शिक्षा ऐन, प्रमाणीकरण कार्यविधि नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि कानून, बजार अनुगमन निर्देशिका, कृषि व्यवसाय प्रवद्र्धन ऐन, युवा स्वरोजगार तथा साना व्यवसायी धुम्ती कोष निर्देशिका, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानून, छात्रवृत्ति वितरण तथा परिचालन निर्देशिका, सहकारी ऐन स्थानीय न्यायिक समितिको कार्यसम्पादन नियमावली, स्थानीय सेवा करार ऐन, २०७४ गरी ११ वटा ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

रोकायाका अनुसार गाउँपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिमा बलबहादुर रोकाया र कलकबहादुर सिंह सदस्य रहेको अध्यक्षको भनाइ रहेको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*