मकवानपुर प्रहरीले शिवम् सिमेन्ट गेटबाट ६ जनालाई यसरी पक्राउ गर्यो (फोटो फिचर)
मकवानपुर, ९ फागुन । मकवानपुरमा संचालित शिवम् सिमेन्टले गरेको बायु तथा ध्वनी प्रदुषणको विरुद्धमा विभिन्न माग सहित बुधबार धर्ना तथा विरोधमा सरिक ६ जना प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपूरका इन्सपेक्टर मधु थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शिवम् सिमेन्ट पिडीतको आन्दोलनमा ६ जनालाई गिरफ्तार गरेको हो । दिगो वातावरण तथा संस्कृति संरक्षण मञ्चले विभिन्न माग राखी गरेको शान्तिपूर्ण आन्दोलनको समस्याको समाधान नखोजी उद्योगले प्रहरी बोलाई पक्राउ गर्न लगाएको स्थानीयले आरोप लगाएका छन् ।
पक्राउ पर्नेमा संस्थाका अध्यक्ष गोबिन्द गौतम ,सूर्य पाख्रिन ,ताराबहादूर बिष्ट,कृष्णदेब भन्डारी होमनाथ चौलागाई लगाएतका रहेका छन् । विद्यूत चोरी काण्ड, बन काण्ड, सार्वजनिक जग्गा अधिकरण काण्डमा पटक पटक मुछिएको शिवम सिमेन्टले अहिले स्थानीय नागरीकले बाँच्न पाउनु पर्छ भनेर आवाज उठाउँदा प्रहरी लगाएर पक्रन लगाएको स्थानीयले बताएका छन् ।


