आमा समूहद्वारा एक लाख बराबरको न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार ०९:५१

काठमाडौँ, ९ फागुन । आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई क्षेत्रमा कम्बल तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

बेल्जियममा आमा समूहले संकलन गरेको रु एक लाख बराबरको कम्बल तथा खाद्यान्नलगायत सामग्री मूर्तिया बरथहवा नगरपालिका, सर्लाहीका शीतलहर प्रभावितलाई वितरण गरिएको तमू समाज बेल्जियमका महासचिव सूर्य गुरुङले राससलाई जानकारी दिनुभयो ।

‘हिमाल, पहाड, तराई, कोही छैन पराई, तिमी नेपाली, म नेपाली, हामी सबै नेपाली’ भन्ने मूल सन्देशका साथ समूहले तमू समाज बेल्जियमका पूर्वउपाध्यक्ष एवम् तमू ह्यिुल छोज धी चितवनका अध्यक्ष गणेश गुरुङ, तमू ह्यिुल छोज धीका केन्द्रीय सदस्य मीना गुरुङमार्फत त्यहाँका आदिवासी, जनजाति तथा दलित समुदायलाई सो सामग्री वितरण गरेको हो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*