उपप्रमुखलाई तराजु हस्तान्तरण

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार ०९:४३

नगरकोट, ९ फागुन । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ ।

नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहनुभएका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई तराजुलगायत सामग्री हस्तान्तरण गर्दै भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश भोजराज शर्माले अदालतबाट मात्र नभई विभिन्न किसिमका न्यायका लागि स्थानीय निकाय स्वयम्ले अर्धन्यायिक निकायका रुपमा काम गर्नुपर्ने भएकाले सबै उपप्रमुख जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका उपप्रमुखले आफूहरु नगरमाताका रुपमा रही न्यायिक जिम्मेवारी निष्पक्ष ढंगवाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपप्रमुखलाई न्यायको तुलो र सामग्री प्रदान गरी उहाँहरुको जिम्मेवारी तथा कर्तव्य बोध गराएको बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*