माओवादी केन्द्र बाग्मती गाँउपालिका प्रथम सम्मेलनका लागि कार्यबिभाजन सम्पन्न

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १८:२०

मकवानपुर ८ फागुन । नेकपा माओवादी केन्द्र बाग्मती गाँउपालिकाको बैठक आज मंगलबार मकवानपुरको फापरवारीमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र बाग्मती गाउँपालिकाका ईन्चार्ज सर्केश घलानको अध्यक्षतामा भएको बैठकले फागुन २१ गते सहिद सप्ताहको अन्तिम दिनलाई केन्द्र बिन्दु बनाएर गाउँपालिका सम्मेलनका लागि कार्यबिभाजन तथा कार्यक्रमहरु तय गरेको छ ।

वडा नम्वर १ र ८ को बैठक फागुन १२ गते ,२ र ५ नम्वर वडाको बैठक फागुन १३ गते , ३ नम्वर वडाको बैठक फागुन १५ गते ,४ नम्वर वडाका बैठक फागुन ११ गते, ६ नम्वर वडाको बैठक फागुन १४ गते, ७ र ९ नम्वर वडाको बैठक १६ गते हुने साथै १६ गते सम्ममा प्रतिनिधि परीवेक्षक छनौट गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिएका छन् ।
त्यसैगरी १० जना क्रियाशिल पार्टी सदस्य बराबर १ जना प्रतिनिधि र ५ जना प्रतिनिधि बराबर १ परीवेक्षक साथै जनबर्गिय संगठनमा वाईसिएलबाट ४ महिला ३ तामाङ , ३ शिक्षक ३ , माझि १, दलित १, राई १, र मगर मोर्चा १ प्रतिनिधि रहने निर्णय भएको समेत पृथकले जानकारी दिए ।

साथै गाँउपालिकाका ९ वटै वडाबाट रु ५ हजारका दरले गाँउपालिकाको प्रथम सम्मेलन सफल पार्नको लागि आर्थिक सहयोग वडाले जुटाउनु पर्ने निर्णय समेत भएको छ ।
त्यसगरी विभिन्न पार्टी परित्याग गरी ७ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाबाट भक्त बहादुर माझि ,राप्रपा बाट जितबहादुर भ्लोन, कर्नबहादुर सिँतान ,लगाएत ७ जनाले पार्टी प्रवेश गरेको पृथकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*