संकटा क्लब हेटौँडा गोल्डकपको सेमिफाईनलमा, थ्रि स्टार पराजित

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १७:४७
File Photo

मकवानपुर, ८ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै संकटा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा थ्रि स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पर्ने अन्तिम ४ टिममा संकटाले स्थान पक्का गरेको हो ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा संकटाको तर्फबाट खेलको ८३ औं मिनेटमा कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । लिम्बु नै आजको खेलको म्याद अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैंष प्राप्त गरेका छन् ।

यसअघि समूह ए बाट मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लव सेमिफाइनल पुगिसकेका छन् भने समूह वि बाट नेपाल पुलिसले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
फाइनल प्रवेशका लागि बुधबार मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले प्रतियोगितामा भाग लिएका छन् । फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ५ लाख र दोस्रो हुने टोलीलाई रु ३ लाख नगद पुरस्कार दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*