उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ पुष १०, बिहीबार १२:३८

नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।