अघिल्लो सरकारले गरेको निर्णय फिर्ता

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १३:०२

काठमाडौँ, ८ फागुन । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि तीन नाम सार्वजनिक भने गरिएको छैन । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नाम पठाउनेबारे वाम गठबन्धनमा परामर्श गर्नुभएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*