चाँदीको मूल्यमा नयाँ रेकर्ड,सुनको मूल्य पनि बढ्यो

तु खबर संवाददाता
२०८२ पुष २, बुधबार १२:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च रेकर्डमा पुगेको छ । चाँदी तोलामा एकैदिन १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ पुगेको छ ।