गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो सार्वजनिक
गायिका उर्मिला लाम्गादेको ख्रिष्टियन गीत ख्रिष्टको प्रेममा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
केशवराज भट्टको निर्देशनमा तयार गरिएको भिडियोमा कलाकार सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय छ । गीतले ख्रीष्टियन प्रेम, आशा र करुणाको सन्देशलाई सांगीतिक तथा दृश्यात्मक रूपमा प्रस्तुत गर्दै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने प्रयास गरेको म्युजिक भिडियो निर्माण टिमले जनाएको छ ।
यो गीतमा शब्द तथा संगीत शंकर थापा स्माइलको छ । एरेञ्ज बिशम आचार्यको छ भने समूह स्वरमा दीपा सुहाङ लिम्बु, त्रिशना नेम्बाङलगायतकाको सहभागिता रहेको छ।
रेकर्डिस्ट राजेश श्रेष्ठले रेकडिङ गरेको भिडियोलाई किशोर थापाले मिक्स–मास्टरिङ गरेका छन्, मेकअप सरिता मगरको छ भने क्यामेरामा अजय रेज्मी तथा सम्पादनमा मिलन विश्वकर्मालगायतको प्राविधिक टोली संलग्न रहेको थियो ।
न्यूयोर्क नेपाली चर्चको आयोजनामा समर्पण तथा रिलिज कार्यक्रमसमेत सम्पन्न भाएको छ ।
प्रभु येशू ख्रीष्टप्रतिको प्रेम, विश्वास र समर्पणलाई केन्द्रमा राखेर निर्माण गरिएको यो गीत युट्युबमार्फत दर्शक–श्रोतामाझ ल्याइएको गायिका लाम्गादेले जानकारी दिइन् ।
हेर्नुहोस् भिडियो :
