सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि

तु खबर संवाददाता
२०८२ मंसिर २८, आईतवार ११:१७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला दुई हजार २०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ८० रुपैयाँले घट्दै तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।