बाढीपीडितले पाए नयाँ घर

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १२:४८

राजविराज, ८ फागुन । बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ ।

सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले सो नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

जिल्लाको तिरहुत गाउँपालिकाका वडा नम्बर १, २ र ५ साविकको मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको बताइएको छ ।

एक घर बनाउन करिब रु एक लाख ८६ हजार लागेको धर्मोदय नेपालका अध्यक्ष काशीनाथ जोशीले बताउनुभयो । गत साउनमा आएको भिषण बाढीबाट सो गाउँपालिकाको वडा नं १, २ र ५ का १८ परिवारको पूर्णरुपमा घरमा क्षति भई घरविहीन भएका थिए ।

तिरहुत गाउँपालिकाका डम्वर राम, इन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जीवछ मलाह, सरस्वतीदेवी रामलगायत १८ परिवारको गत साउनमा आएको बाढीबाट उठिवाससमेत भएको थियो ।

स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल ९आरएफपी० तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिस ९एसआरपी०ले एक महिनाको समय लगाएर नयाँ घर बनाएर नयाँ घरले आफूहरुमाथि ठूलो उपकार गरेको भन्दै पीडितले खुशी व्यक्त गरेका छन् ।

सिमेण्ट प्लास्टर भएको बराण्डा, काठ, बाँस र टिनको छानाबाट निर्माण गरिएको घर २० फिट लम्बाइ र १८ फिट चौडाइ रहेको छ ।

सहयोगी संस्थाका प्रमुख मासामिची कामियाँ, दिपीका सिंह, लोकमान्य गोल्छा तथा दिपीका सिंहले नयाँ घरको साँचो मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई हस्तान्तरण गर्नुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*