घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।



