निरन्तर महङ्गीदै सुनको मूल्य

तु खबर संवाददाता
२०८२ मंसिर १५, सोमबार ११:२०

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।