माओवादी केन्द्रको नगर समिति अध्यक्षमा ललित घलान, पदाधिकारीहरु चयन

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १९:१४

मकवानपुर, ७ फागुन । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटाँैडा उपमहानगरपालिका नगर समितिको अध्यक्षमा ललितकुमार घलान चयन भएका छन् । शनिवार सम्पन्न सम्मेलनले ५३ जनालाई नगर समितिमा चयन गरेता पनि पदाधिकारी भने आजको बैठकले चयन गरेको हो ।

आज सम्पन्न बैठकले अध्यक्षमा घलानसहित उपाध्यक्षमा विवेक राई, तिर्थ थापा र लिलाकुमार घलानलाई चयन गरेको छ । त्यस्तै सचिवमा दिपक खडका, सहसचिवमा धर्म पुडासैनी र सन्तोष न्यौपाने, कोषाध्यक्षमा सोनु गुरुङलाई चयन गरिएको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

बैठकमा प्रदेश सभा सदस्य ओम घलान, पार्टीका नगर इन्चार्ज बलराम बल, सचिवालय सदस्य भिम पाख्रिन, प्रमिला लामा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*