हेटौँडा गोल्डकप : सुदुरपश्चिमलाई टाईब्रेकरमा हराउँदै आर्मी सेमिफाईनलमा

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १८:२९
File Photo

मकवानपुर, ७ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै विभागीय टोली त्रिभुवन आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ । आर्मीले सुदुरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा रोकिए पनि खेलको दोस्रो हाफको ६९ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले १ गोल गरे तर त्यसको लगत्तै सुदुरपश्चिमका बिनोद केसीले ८२ औँ मिनेटमा १ गोल गरी खेललाई बराबरीमा पुराएपछि टाइब्रेकरमा आर्मीले सेमिफाईनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा सुदुरपश्चिमका राकेश हमाल गोल गर्नबाट चुकेपछि आर्मी विजयी भएको हो । आजको खेलको म्यान अफ दि म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् ।

मंगलबार अन्तिम सेमिफाइनलमा संकटा क्लव र थ्रि स्टार क्लब भिड्ने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले प्रतियोगितामा भाग लिएका छन् ।

फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ५ लाख र दोस्रो हुने टोलीलाई रु ३ लाख नगद पुरस्कार दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*