यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ मंसिर २, मंगलवार ०९:३६
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.२१ रुपैयाँ र बिक्रीदर ९२.६० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र एक कतारी रियालको खरीददर ३८.८२ रुपैयाँ र बिक्रीदर ३८.९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.१० रुपैयाँ र बिक्रीमूल्य ३४.२५ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.६८ रुपैयाँ र बिक्रीमूल्य ९.७२ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४६१.३८ रुपैयाँ र बिक्रीमूल्य ४६३.३४ रुपैयाँ कायम भएको छ।