सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँको ठूलो गिरावट

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार १०:५२

काठमाडौँ । देशभरि सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले सस्तो भई २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।

यससँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १५० रुपैयाँले घटेर आजको मूल्य ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

एकैदिन सुन–चाँदी दुबैको मूल्य घटेपछि उपभोक्ताले राहत महसुस गरे पनि व्यवसायीहरू भने अन्तर्राष्ट्रिय बजारको उतार–चढावको निगरानीमा रहेका छन्।