जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैली बदल्नुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १४:२४

हेटौँडा, ७ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुलेले आफ्नोनो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । हेटौँडामा प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ मा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा समारोहलाई सम्बोधन गर्दै पौडेलले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति ध्यान दिएर जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपर्ने कुरामा जोड दिए ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पु¥याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गरे । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सो अवसरमा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*