शेयर बजारमा सुधार,कारोबार साढे दुई अर्बमा सीमित

काठमाडौं । साता कारोबारको पहिलो दिन र तिहार अघिल्लो अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३ बिन्दुमा पुगेको छ।
बजार सूचक उकालो लागे पनि कारोबार रकम भने न्यून रह्यो। आज ३२३ वटा कम्पनीका ६१ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा जम्मा दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँको कारोबार मात्र भएको छ।
उपसूचकतर्फ विकास बैंक, म्यूचुअल फण्ड र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा हरियाली छाएको छ। आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने नेपाल रि–इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः २८ करोड १० लाख र २५ करोड ३६ लाख रुपैयाँको कारोबारसहित सर्वाधिक कारोबार भएका कम्पनी बनेका छन्।
विशेषज्ञका अनुसार तिहार र पछिल्ला राजनीतिक घटनाक्रमले बजारमा अस्थिरता ल्याए पनि लगानीकर्ताहरूमा बिस्तारै सकारात्मक मनोवृत्ति फर्किन थालेको देखिएको छ।