सुन र चाँदीको मूल्यमा गिरावट

तु खबर संवाददाता
२०८२ कार्तिक २, आईतवार १२:४५

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घट्दै २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर तीन हजार २७५ रुपैयाँमा कायम भएको छ। आइतबारको बजारमा सुन तथा चाँदीको मूल्यमा आएको यस गिरावटले सुनचाँदी व्यवसायी तथा लगानीकर्ताको ध्यान आकर्षित गरेको छ।

विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतार–चढाव र माग–आपूर्ति अवस्थाका कारण आन्तरिक बजारमा पनि प्रभाव परेको हुन सक्ने अनुमान गरेका छन्।