प्रजातन्त्र दिवसका १३ तस्बिर– आकाशबाट फुल वर्षादेखि शान्तिको प्रतिक परेवाको उडानसम्म (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १३:३०
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रजातन्त्र दिवसको झण्डा फहराउँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

राष्ट्रपति भण्डारी सलामी ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सलामी ग्रहण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

बुटवलमा राष्ट्रिय प्रजातन्त्र दिवस
६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं. ५ बुटवलमा आयोजित विशेष कार्यक्रममा सहभागी मुख्यमन्त्री शंकर पोखरेललगायत । तस्वीर : भरत के.सी., बुटवल, रासस

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।
हेरौँ तस्बिरमा प्रजातन्त्र दिवस–

सांस्कृतिक झाँकी प्रदर्शन
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

सांस्कृतिक झाँकी प्रदर्शन
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

सांस्कृतिक झाँकी प्रदर्शन
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

नेपाली सेनाद्वारा मार्चपास
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

खेलकुद परिषदद्वारा खेल प्रदर्शन
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा राष्ट्रिय खेलकुद परिषदद्वारा खेल प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

सशस्त्र प्रहरीद्वारा मार्चपास
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सशस्त्र प्रहरीद्वारा मार्चपास गर्र्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

नेपाली सेनाद्वारा मार्चपास
काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्र्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*