यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ तोकिएको छ।
त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदभाउ ९.९९ रुपैयाँ र बिक्रीभाउ १०.०३ रुपैयाँ, १० जापानिज येनको खरीदभाउ ९.२८ रुपैयाँ र बिक्रीभाउ ९.३२ रुपैयाँ निर्धारण भएको छ।

