सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
