थाहा संचारको वक्तृत्वकलामा निर्मलका रञ्जन प्रथम, सिदार्थका सुदिन दोस्रो

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १९:२२

थाहा नगर, ६ फागुन । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचारले आफ्नो दशौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मल माविका रञ्जन पौडेल प्रथम भएका छन् ।

रेडियोको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकलामा पौडेल प्रथम भएका हुन् । त्यस्तै सिद्धार्थ माविका सुदिन सुवेदी दोस्रो र आधुनिक राष्ट्रिय माविकी रोदिना थापा तेस्रो भएकी छिन् ।

प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीलाई प्रमाणपत्र सहित नगद २ हजार र २ हजार बराबरको उपहार प्रमाणपत्र, मायाको चिनो तथा थाहा संचार अकिंत एकथान टिर्सट प्रदान गरिएको थियो । त्यस्तै दोश्रो हुनेलाई प्रमाणपत्र सहित नगद १ हजार ५ सय र १ हजार ५ सय बराबरको उपहार, मायाको चिनो तथा थाहा संचार अकिंत एकथान टिर्सट र तृतिय हुनेलाई प्रमाणपत्र सहित नगद १ हजार र १ हजार बराबरको उपहार, प्रमाणपत्र,मायाको चिनो तथा थाहा संचार अकिंत एकथान टिर्सट प्रदान गरिएको थियो ।

रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता एवं नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रेडियो सञ्चालक अरुणराज सुमार्गीले स्वागत मन्तब्य राखेका थिए भने साहित्यकार देबराज खरेल र प्रुडेन्सियल ईन्स्योरेन्स हेटौडा शाखाका प्रमुख अर्जुन सुवेदी निर्णायकका रुपमा रहेका थिए ।

प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १५ जना विद्यार्थीले भाग लिएका थिए । बार्षिकोत्सव अन्तरगत सोमबार फागुन ७ गते कवि गोष्ठी, थाहा सम्मानसहित समापन कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*