सुनको मूल्य ऐतिहासिक रेकर्ड , तोलामा २ लाख ३० हजार नाघ्यो

तु खबर संवाददाता
२०८२ आश्विन १९, आईतवार १२:३३

काठमाडौं । दशैंँ बिदापछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन ७ हजार ६ सय रुपैयाँले बढ्दै आज तोलाको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजसम्मकै उच्च दरमा पुगेको हो । लगातार बढ्दै गएको अन्तर्राष्ट्रिय बजार मूल्य र मागका कारण सुनको मूल्यमा उछाल आएको बताइन्छ ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । गत आइतबार तोलामा २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९३० रुपैयाँमा पुगेको छ ।

विशेषज्ञहरूले चाँडपर्वको समयमा सुनको मूल्यमा अझ उतारचढाव देखिन सक्ने अनुमान गरेका छन् ।