दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय जानकारी दिएको छ ।
सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।
वर्षाको कारण हुन सक्ने क्षति समेतलाई मध्यनजर गरी विदा दिइएको र घरभित्रै सुरक्षित रहन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ । सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित रहन भनिएको छ ।