कविता गोष्ठिमा संचारकर्मी खड्का प्रथम
मकवानपुर, ६ फागुन । उत्तरी मकवानपुरकै एक मात्र थाहा नगरपालिका वडा नम्बर ३ को खेल्पुडांडामा अस्थित पालुङ बहुमुखी क्याम्पसमा आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा उत्कृष्ट रचना प्रस्तुत गर्दै थाहा नगरकी संचारकर्मी तथा क्याम्पसमा मानविकि संकाय प्रथम वर्षमा अध्ययनरत छात्रा सिम्रन खड्का प्रथम हुन सफल भएकी छिन् ।
त्यसैगरि द्वितीयमा व्यवस्थापन संकाय द्वितीय वर्षमा अध्ययनरत छात्रा शिवानी विश्वकर्मा र व्यवस्थापन संकाय तृतीय वर्षमा अध्ययनरत छात्रा संजिता गोपाली तृतीय भएकी छिन् ।
क्याम्पसको बार्षिक क्यालेण्डर अनुसार स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यता एवं स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुले आ–आफ्नो रचना बाचन गरेर थिए । प्रतियोगितामा थाहा नगरकी संचारकर्मी एवं व्यवस्थापन संकाय तृतीय वर्षमा अध्ययनरत छात्रा मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्त्वना पुरस्कार जितेका छन् ।
प्राध्यापक राजन मिश्रको स्वागत मन्तव्य सहित सुरुभएको कार्यक्रममा क्याम्पसका प्राध्यापक तोयानाथ काफ्ले र विजय बाबु बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्राध्यापक सन्तोष हमालले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यार्थीलाई सधै पढाईमा मात्र लाग्न नभई साहित्यिक क्षेत्रमा समेत रुचि बढाउने उद्देश्यले आयोजना गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा यस्ता गतिविधि गरिरहने र त्यसको लागि विद्यार्थीको सहभागिता हुनुपर्ने प्रमुख अधिकारीले बताएका छन् ।
प्रमुख अधिकारीले विद्यार्थीहरुको रचना आफुलाई साहै राम्रो लागेको भन्दै प्रशंशा गरेका थिए । कार्यक्रममा अध्यक्ष तथा स्ववियू सभापति मुकेश गोलेले कार्यक्रममा सहभागिता जनाउने सबैलाई बिशेष धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए । सभापति गोलेले पालुङ क्याम्पसमा शैक्षिक गतिविधि सङ्गै अन्य मनोरञ्जनात्मक तर सन्देशमुलक, सचेतनामुलक गतिविधि गर्दै आइरहेको बताए । सार्थ आगामी दिनमा पनि क्याम्पसको अतिरिक्त क्रियाकलाप तथा शैक्षिक बिकासमा लागि पर्ने प्रतिवद्घता व्यक्त गरेका छन् । विजेता विद्यार्थी तथा सान्त्वना भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा सभापतिले पुरस्कार वितरण गरेका थिए ।
