प्रदेश राजधानी हेटौँडाबाट कसैले पनि सार्न नसक्ने मुख्यमन्त्री पौडेलको दाबी

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १८:४१

हेटौँडा, ६ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडाबाट कसैले पनि प्रदेश राजधानी सार्न नसक्ने दाबी गरेका छन् ।

आईतबार हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीको पदसंग राजधानी सार्न सम्झौता गरेको बाहिरी हल्लाको पछि नलाग्न आग्रह पनि गरे । हेटौँडा राजधानीको लागि उपयुक्त रहेको र कसैले नि सार्न नसक्ने दाबी गर्दै उनले. ३ नम्बर प्रदेशको खनिज, जलस्रोतसाधन प्रयोग गरेर समृद्ध र नमुना प्रदेश बनाउने समेत प्रतिबद्धत्ता जाहेर गरे ।

हेटौडालाई आधुनिक शहरको रुपमा विकास गर्ने महत्वकांक्षी योजना सुनाउँदै पौडेलले १० वर्ष हेटौडा नगरको मेयर भएर काम गरेको अनुभव र सबैको साथले हेटौँडा आधुनिक सहर बन्ने विश्वास व्यक्त गरे । आफ्नो अगाडि धेरै चुनौतीहरु भएता पनि चुनौतीका समाधान गर्दै अघि बढ्दै जाने समेत उनले बताएका छन् ।

कार्यक्रमका सभाध्यक्ष एवं हेटौडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले नेपालको उत्कृष्ट शहरका रुपमा हेटौँडालाई विकास गरिने बताए । देशकै सुन्दर शहरको रुपमा रहेको हेटौडालाई नमुना शहर बनाउन आफुहरु लागिपरेको उनले दाबी गरे । कार्यक्रममा उपमेयर मिना लामाले स्वगत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*