सिमेन्ट उद्योगको खानी र बाटो बन्द नगर्न ३ वडाको विज्ञप्ति
मकवानपुर, ६ फागुन । हेटौँडा सिमेन्टको खानी बन्द गर्ने र सडक अवरोध नै गरेर सवारी साधनलाई समेत हिँड्न नदिएको भन्दै मकवानपुरगढी गाउँपालिकाका ३ वडा कार्यालयबाट ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरिएको छ ।
शनिबारदेखि आफ्नो कार्यक्षेत्रमा भईरहेको आन्दोलनको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका हुन् । बस्ति संरक्षण समितिको नाममा भएको आन्दोलनप्रति मकवानपुरगढी वडा नम्बर २, ७ र ८ कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।

वडा नम्बर २ द्वारा जारी विज्ञप्ति
आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै तिन वडा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सडकमा आन्दोलन गरी यातायात संचालनमा अवरोध गरेको र त्यस क्षेत्रमा रहेको खानी संचालनमा अवरोध गरेको भन्दै वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका हुन् । वडामा कुनै समस्या भए वडा कार्यालयको समन्वयमा समाधान गर्न सकिने बताउँदै खानीको गतिविधि र सवारी संचालनमा अवरोध नगर्न विज्ञप्तिमा भनिएको छ ।

वडा नम्बर ७ द्वारा जारी विज्ञप्ति
२ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडा कार्यालयको समन्वय विना हुने कानून विपरितका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कुनै समस्या भए समाधानका लागि वडा कार्यालयमार्फत समाधानका लागि आव्हान गरिएको छ ।

वडा नम्बर ८ द्वारा जारी विज्ञप्ति
