सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड

तु खबर संवाददाता
२०८२ आश्विन १२, आईतवार ११:४९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुबैको मूल्य नयाँ रेकर्डमा पुगेको छ।

आज छापावाला सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा पुगेको थियो। गत शुक्रबार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढ्दै २ हजार ८१० रुपैयाँमा पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य नै हालसम्मकै उच्च रेकर्ड मानिएको छ।